कास्की प्रहरीले पक्राउ गर्यो ५१ फरार प्रतिवादी, ६१ लाख बढी जरिवाना असुल गर्न बाँकी
पाेखरा | पुस १, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत मंसिर महिनामा ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
‘कास्की प्रहरीले गत मंसिर १ देखि ३० गतेसम्म जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ५१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो’, सूचना अधिकारी शर्माले भने, ‘ फैसला कार्यान्वयन गर्नका लागि प्रतिवादीहरुलाई अदालतमा बुझाएका छौं, प्रतिवादीहरुलाई ८ वर्ष ९ महिना ४ दिन कैद सजाय र ६१ लाख २३ हजार ६ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ ।’
उनका अनुसार चेक अनादार मुद्धामा ३३ जना, बैंकिङ कसुर मुद्धामा ६ जना, लागूऔषध सम्बन्धी मुद्धामा ३ जना, चोरी सम्बन्धी मुद्धा, बैंकिङ कसुर मुद्धा, लेनदेन बिगो मुद्धामा २÷२ जना, बालबालिका विरुद्धको कसूर, बाल यौन दुरुपयोग मुद्धा र सवारी ज्यान सम्बन्धी मुद्धामा १÷१ जना रहेका छन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

